कास्की प्रहरीको सक्रियताः २ दिनमा १३ फरार प्रतिवादी प्रकाउ
कोको फरार थिए ?
पाेखरा | कात्तिक १६, २०७९
पोखरा : जिल्ला प्रहरी कार्यालय कास्कीले २ दिनको अवधीमा विभिन्न मुद्धामा फरार रहेका १३ जना प्रतिवादी सहित लागूऔषधसहित २ जनालाई प्रकाउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका ३० पावरहाउसमा सवारी चेकजाच गर्नेक्रममा दुईजनालाई लागूऔषधसहित प्रकाउ गरेको हो ।
प्रहरीका अनुसार पोखरा महानगरपालिका ३० पावरहाउस स्थित सवारी साधन चेकजाँच गर्नेमा तनहुँको व्यास नगरपालिका ६ घर भएका २१ वर्षीय मोहम्मद यासिरलाई लागूऔषधसहित प्रकाउ गरेको छ । प्रहरीले यासिरको साथबाट ५ किलो १ सय ग्राम लागुऔषध बरामद गरेको हो ।
यस्तै प्रहरीले सोमबार पावरहाउसमा नै सवारी चेकजाँच गर्नेक्रममा पोखरा महानगरपालिका १३ बाझापाटनका ३० वर्षीय सन्दिप सेन्चुरीको साथबाट डाईजापाम ६३ एम्पुल, फेनेरागन ६३,र नुर्फिन ६३ गरी १ सय ८९ एम्पुल लागूऔषधसहित प्रकाउ गरेको हो ।
लागूऔषधसहित प्रकाउ परेका मोहम्मद यासिरलाई लागूऔषध सम्बन्धी मुद्धामा ५ दिन र सन्दिप सेन्चुरीलाई जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाएको छ ।
कोको फरार थिए ?
जिल्ला प्रहरी कार्यालय कास्कीले २ दिनमा १३ जना फरार प्रतिवादीलाई प्रकाउ गरेको छ ।
प्रहरीका अनुसार प्रकाउ पर्नेमा तनहुँ शुक्लागण्डकी नगपालिका २ बस्ने ३६वर्षीय सन्तोष पुन रहेका छन् । उनलाई सवारी ज्यान मुद्धामा २ महिना १० कैद सजाय र २ हजार रुपैयाँ जरिवना तोकिएको थियो । धादिङ घर भएका हाल पोखरा महानगरपालिका ३२ बस्ने ४० वर्षीय चक्र बहादुर गुरुङ रहेका छन् । उनलाई सवारी ज्यान मुद्दामा ११ महिना ५ दिन कैद सजाय तोकिएको थियो ।
प्रकाउ पर्नेहरुमा पोखरा महानगरपालिका ३१ मोहरिया बस्ने १९ वर्षीय सुनिल बि.क रहेका छन् । उनलाई लागू औषध मुद्दामा १० महिना १६ दिन कैद सजाय तोकिएको थियो । यस्तै प्रहरीका अनुसार चलन चलाई मुद्धामा ५ हजार जरिवाना सजाय तोकिएका पोखरा महानगरपालिका २९ भण्डारढिक बस्ने ७२ वर्षीय टेक बहादुर गुरुङ,७१ वर्षीय रनमाँया गुरुङ, ४० वर्षीय शरेमान गुरुङ, ३९वर्षीय निरमान गुरुङ, ३६ वर्षीय बेल कुमार गुरुङ, ३१ वर्षीय जमुना गुरुङ, २६ वर्षीय बिपना गुरुङ रहेका छन् ।
यस्तै प्रकाउ पर्नेमा पोखरा महानगरपालिका ३० खोरखार बस्ने २६ वर्षीय सबिन गिरी रहेका छन् उनलाई लागूऔषध मुद्धामा ४ महिना २८ दिन कैद सजाय ताकिएको थियो । पोखरा महानगरपालिका ३० खोरखरा बस्ने २२ वर्षीय सुजन कामीलाई पनि प्रकाउ गरेको छ । उनलाई लागूऔषध मुद्दामा ४ महिना ६ दिन तोकी कैद सजाय ताकिएको थियो । र उदयपुर त्रियुगा नगरपालिका १५ घर भएका पोखरा महानगरपालिका २७ हमालचोक बस्ने २८ वर्षीय अनिल आलेलाई प्रकाउ गरेको छ । उनलाई लागूऔषध मुद्धामा ३ महिना २८ दिन कैद सजाय र २ हजार रुपैया जरिवाना तोकिएको थियो ।
.
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...
पोखरा — नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

